डेढ लाख निजामती कर्मचारी ट्रेड युनियनमा आबद्ध

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

केही समयअघिको अनौपचारिक तथ्यांकअनुसार सरकारी, सार्वजनिक क्षेत्रमा करिब डेढ लाखभन्दा कर्मचारी ट्रेड युनियनहरूमा आबद्ध छन् । विभिन्न दलनिकट करिब आधा दर्जन संख्यामा त्यस्ता ट्रेड युनियनहरू सक्रिय छन् ।

साबिकका प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादी केन्द्रनिकट रहेका तीन मुख्य ट्रेड युनियनहरूमा ठुलो संख्यामा कर्मचारी आबद्ध छन् । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, तत्कालीन माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनमा ठुलो संख्यामा कर्मचारी आबद्ध छन् ।

यीबाहेक अन्य केही साना दलका पनि ट्रेड युनियन छन् । हाल तीनै तहमा गरेर एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी छ । यसबाहेक सार्वजनिक संस्थान र बोर्ड, समिति, कोष इत्यादिमा पनि हजारौँ कर्मचारी छन् । ट्रेड युनियनहरूमा आबद्ध कर्मचारीको यो तथ्यांकले अधिकांश कर्मचारी दलनिकट युनियनमा आबद्ध भएको देखाउँछ ।

सुझावित समाचार