गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका संचालकहरु पक्राउ परेका छन्। बचतकर्ताहरुको रकम फिर्ता नगरी ठगी गरेको कसुरमा ललितपुरको सातदोबाटोस्थित गोर्खा सहकारीका संचालकहरु पक्राउ परेका प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ओखलढुंगाको मानेभन्ज्याङ्ग– ३ घर भई काठमाडौं– ३१ बस्ने ६१ वर्षीय ईमान सिंह राई, मानेभन्ज्याङ्ग– १ घर भई ललितपुर– २६ सुनाकोठी बस्ने ५९ वर्षीय कर्णबहादुर राई, मानेभन्ज्याङ्ग– ३ घर भई भक्तपुरको निकोसेरा बस्ने ३९ वर्षीय अबिन कुमार राई र चितवनको भरतपुर– २५ घर भई काठमाडौं–६ बौद्ध बस्ने ४२ वर्षीय लालबहादुर क्षेत्री रहेका छन्।
उनीहरुमाथि जिल्ला अदालत ललितपुरबाट चार दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।