नेपालीलाई ठगेर साढे १७ करोड बढीको क्रिप्टो कारोबार, ठमेलबाट एक चिनियाँ पक्राउ

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

नेपाली नागरिकलाई ठगी गरेर क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा)मा लगानी गरेको आरोपमा ठमेलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन्। ३५ वर्षीय झु यी फेङलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार अपराह्न साढे ५ बजेतिर नियन्त्रणमा लिएको हो।

उनले सामाजिक सञ्जालबाट नेपाली नागरिकहरूसँग कुराकानी गरी विभिन्न प्रलोभन देखाई विश्वासमा पर्ने र नेपाली नागरिकहरूकै बैंक खाता समेत प्रयोग गरी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। ठगी गरेको रकमलाई उनले क्रिप्टोकरेन्सीमा लगानी गर्दै आएका थिए। उनले १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँबराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ।

उनको साथबाट तीन थान मोबाइल र इन्टरनेशनल एक्सप्रेस लेखिएको रकम पठाउन प्रयोग गरिने कागजातहरूसहित नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार