प्रदीप पौडेल भन्छन्– कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न केले रोक्यो ?

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले सार्वजनिक नगर्नुले अनेक आशंका र उपशंका जन्माएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो ? यो किन सार्वजनिक गरिँदैन ? भनेर प्रश्न गरे । ‘अब अन्तरिम सरकारको समय सकिएको छ, जाने वेलासमेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदै छ ? आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरूका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो,’ उनले भने । 

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको जनाउँदै उनले जाँदै गरेको सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न अनुरोध  गरे। 

सुझावित समाचार