नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत फागुन २१ गतेको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई भोट नहाल्ने केन्द्रीय सदस्यलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनवर्गीय संगठनका नेताहरूको बैठकमा सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय सदस्यहरूले नै आफ्नो पार्टीका उम्मेदवारलाई भोट नहालेको जानकारी प्राप्त भएको भन्दै केन्द्रीय सदस्य, प्रदेश सदस्य, जनवर्गीय संगठनका नेताहरूमध्ये कसले घन्टीमा भोट हाले खोज्न निर्देशन दिए ।
उनले पार्टी सदस्यको ५० प्रतिशत भोट घन्टीमा गएको भन्दै रास्वपा उम्मेदवारलाई भोट हाल्ने पार्टी नेताहरूको खोजी हुनुपर्ने उल्लेख गरे । आफ्नो पार्टीको उम्मेदवार हुँदाहुँदै घन्टीमा भोट हाल्नेलाई कारबाही केन्द्रीय सदस्यबाटै हुने उनले बताए । पार्टी पुनर्गठनका लागि यो कारबाही अनिवार्य भएको प्रचण्डको भनाइ छ।