एमाले अध्यक्ष ओलीलाई पितृशोक

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृशोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।

अस्पताल स्रोतका अनुसार केही समययता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओलीनिवास गुन्डुमा लैजाने तयारी गरिएको छ । उनकाे आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।

See More On

सुझावित समाचार