भोलिदेखि आधा ग्यास भरिएको सिलिन्डर वितरण हुने

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

भारतबाट आयात हुने ग्यास परिमाण घट्न थालेपछि नेपाल आयल निगमको निर्देशनमा उद्योगीले शुक्रबारदेखि आधा ग्यास भरिएको सिलिन्डर बिक्री गर्ने भएका छन्।

निगम सञ्चालक समितिको निर्णयपछि शुक्रबारबाट बजारमा आधा ग्यास भरिएको सिलिन्डर प्रचलनमा आउन लागेको हो। यसअघि कोभिडकालमा पनि आपूर्ति घट्दा आधा ग्यास भरिएको सिलिन्डर प्रयोगमा ल्याइएको थियो।

भरिएको सिलिन्डरमा १४.२ किलो ग्यास हुन्छ। तर, आधा मात्रै राख्ने भएपछि शुक्रबारदेखि ७.१ किलो ग्यास मात्रै उपभोक्ताले पाउनेछन्। मूल्य पनि आधा अर्थात् ९५५ रुपैयाँ प्रतिसिलिन्डर तिर्नुपर्नेछ। भारतले विश्व बजारबाट आपूर्ति कम भएको कारण देखाउँदै नेपाल निर्यात गर्न परिमाण घटाउन थालेको छ।

आगामी दिनमा पनि सामान्य अवस्थाको तुलनामा नेपाल निर्यात हुने परिमाण थप कटौती गर्ने संकेत गरेकाले ग्यास आपूर्ति सहजताका लागि आधा ग्यास भरिएको सिलिन्डर प्रयोगमा ल्याएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। ‘आपूर्ति सहजताका लागि यो निर्णय गरिएको हो,’ उनले भने।

सुझावित समाचार