पूर्वमन्त्री डा. महावीर पुनमाथि अभद्र व्यवहार गरेकाे आरोपमा एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
गत सोमबार पोखरा महानगरपालिका– ९, पृथ्वीचोकमा पुस्तक बिक्री गरिरहेका डा. पुनमाथि अभद्र व्यवहार गर्ने पोखरा– १३, बाँझापाटनका ४३ वर्षीय विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
गुरुङले यसअघि तीनपटक लागुऔषध मुद्दामा सजाय पाएको खुलेको प्रहरीले जनाएको छ। गुरुङलाई बिहीबार पोखरा– ९, महेन्द्रपुलबाट पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।