समानुपातिकतर्फको मतगणना सकियो

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ। बुधबार सम्पन्न मतगणनाअनुसार ११ बजेसम्मको समानुपातिक निर्वाचनतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । गणना भएकोमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार २३५ मत ल्याएको छ । 

समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट संख्या निर्धारणको गृहकार्य पनि सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रक्रियाले पूर्णता पाउन केही दिन लाग्ने आयोगको भनाइ छ । 

सुझावित समाचार