राष्ट्रिय सभाका १८ सांसदले लिए शपथ

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

 राष्ट्रिय सभाका नवनिर्वाचित १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा रिक्त एकतिहाइ सदस्यका लागि ११ माघमा निर्वाचन भएको थियो ।

कोशी प्रदेशबाट रोशनी मेचे, सोमनाथ पोर्तेल र सुनीलबहादुर थापा, मधेश प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रञ्जित कर्ण र महन्थ ठाकुर, बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दंगाल तथा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित भएका थिए ।

त्यस्तै, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे, कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजंग शाही तथा सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका थिए । 

सुझावित समाचार