सप्तरी २ मा रास्वपाका रामजी यादव निर्वाचित

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

सप्तरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामजी यादव निर्वाचित भएका छन् । यादवले २८ हजार ४०४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उमेश यादवले १४ हजार २६३ मत प्राप्त गरेका छन्।

यस्तै, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले नाै हजार ८८० मत ल्याए। मधेश प्रदेश सभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार बनेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले तीन हजार ५५७ मत पाएका छन्। उनी स्वाभिमान पार्टीबाट उम्मेदवार थिए।

यस्तै, नेपाली कांग्रेसका रामकुमार यादवले दुई हजार ४९८, राष्ट्र निर्माण दल नेपालका अफरोज आलमले एक हजार १२०, नेकपा एमालेका मोहम्मद जियाउल रहमानले ८८३ मत पाएका छन्। नेपाली कम्युनिस्ट पार्टीका सूर्यनाथप्रसाद यादवले ४२६ मत पाएका छन्।

सुझावित समाचार