रवीन्द्र मिश्रले भने– रञ्जुजी ! भ्रष्टाचार नियन्त्रण, सुशासन र रुपान्तरणप्रतिको तपाईंको इमान र दृढता सदा कायम रहोस्

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका रवीन्द्र मिश्रले रास्वपाबाट विजयी रञ्जु दर्शनालाई बधाई तथा शुभकामना दिएका छन् । रञ्जु दर्शनाको पुरानो फोटो फेसबुकका सेयर गर्दै १०–११ वर्ष अघिदेखि आफूले रञ्जुप्रति आशा व्यक्त गरेको उल्लेख छन् । उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको इमान र दृढता सदा कायम रहोस् भनी शुभकामना दिए । 

मिश्र र रञ्जु एउटै क्षेत्रका फरक पार्टीका उम्मेदवार हुन् । 

उनले खेको स्टाटस यस्तो छ 
प्रिय Ranju Darshana जी,
सम्भवत मैले १०–११ वर्षअघि तपाईंको यही फोटो भएको लेख सेयर गर्दै, तपाईंको प्रशंसा र तपाईंप्रति आशा व्यक्त गरेको थिएँ। आज पुन: त्यही फोटो प्रेषित गरेर तपाईंलाई बधाई तथा शुभकामना दिन चाहन्छु। भ्रष्टाचार नियन्त्रण, सुशासन र रूपान्तरणप्रतिको तपाईंको इमान र दृढता सदा कायम रहोस् ।

सुझावित समाचार