काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना (न्यौपाने)को जित सुनिश्चित भएको छ। उनले यहाँ कुल मतको करिब आधा ल्याउने देखिएको छ।
हालसम्म २६ हजार २१६ मतगणना हुँदा उनले त्यसको आधाभन्दा धेरै १३ हजार ५९१ मत ल्याएकी छिन्। ५७ मध्ये सातवटा मतपेटिकाको मात्र गन्न बाँकी रहेको र मतान्तर फराकिलो भएकाले उनको जित सुनिश्चित भएको हो।
यहाँ दोस्रो स्थानमा रहेका कांग्रेसका प्रबल थापाको पाँच हजार ६९६ तथा तेस्रो स्थानमा रहेका राप्रपाका रवीन्द्र मिश्रको तीन हजार ५०७ मत रहेको छ। यहाँ करिब १८ सय मत गन्न बाँकी छ।