बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज भएको मतदानमा सहभागी हुँदै मताधिकार प्रयोग गरेका छन् । मुख्यमन्त्री बानियाँले हेटौँडा उपमहानगरपालिका– १८ स्थित दोभानचौरमा रहेको कमला आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मतदानपछि उनले निर्वाचनलाई लोकतन्त्रको महत्त्वपूर्ण अभ्यास भन्दै सबै मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् । जिल्लाभर बिहान ७ बजेदेखि मतदान जारी रहेको छ र विभिन्न मतदान केन्द्रमा मतदाताको राम्रो उपस्थिति देखिएको छ ।