हेटौँडा उपमहानगरपालिका– ६ का १०२ वर्षीय टीकादत्त पौडेलले बिहीबार हेटौँडास्थित वंशगोपाल मावि केन्द्रमा पुगेर मतदान गरेका छन्। वि.सं. १९८२ मा जन्मिएका उनले ०१५ यताका सबै निर्वाचनमा मतदान गरेको उनका नाति विजय पौडेलले जानकारी दिए ।
यसपटक उनले छोरा कृष्णप्रसाद पौडेलको सहयोगमा मतदान गरेका हुन्। ०४२ को निर्वाचनमा उनी आफैँ पनि तत्कालीन हेटौँडा नगर पञ्चायतको वडा नम्बर ६ को सदस्यका उम्मेदवार थिए । आफू झिनो मतान्तरले पराजित भएको उनले सुनाए।