निर्वाचनको मुखमा चितवनमा अधिवक्ता र चिकित्सकहरू राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेका छन्। पार्टी सभापति रवि लामिछानेको हातबाट टीका लगाएर अधिवक्ताहरू पार्टी प्रवेश गरेका हुन्।
चितवन जिल्ला अदालत बार एसोसिएसनका निवर्तमान अध्यक्ष अधिवक्ता खगराज कँडेलसहित पासाङ लामा, चितवन बारका कोषाध्यक्ष अधिवक्ता दीपकराज तिमिल्सिना, पूर्वसहसचिव अधिवक्ता शोभा भट्टराई, अधिवक्ताहरू सूर्यबहादुर बोहरा, शिवराम महतो, अनिल पौडेल रास्वपामा प्रवेश गरेका हुन्।
त्यस्तै, चिकित्सक डा. शुभकान्त गौतम पनि रास्वपामा प्रवेश गरेका छन्।