मासिक किस्तामा नबिल बैंकले सुन कर्जा दिने

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

नबिल बैंकले मासिक किस्ताबन्दीमा सुन कर्जा दिने भएको छ । बैंकले ‘नबिल ढुक्क सुन खरिद कर्जा’ योजनाअन्तर्गत ग्राहकलाई यो सुविधा दिने भएको हो । सुन कर्जामा आकर्षक ब्याजदर, किस्ताबन्दी सुविधा र निःशुल्क बिमा सुरक्षा उपलब्ध हुने बताइएको छ । 

बैंकका अनुसार बैंकमा दर्ता भएका गहना व्यापारीहरूको नेटवर्कमार्फत डिजाइन गरिएको सुविधाजनक ऋण सुविधा हो । गहनाको उचित मूल्यको ७० प्रतिशतसम्म फाइनान्सिङसहित ग्राहकले सस्तो किस्ताबन्दीमा आफूले चाहेअनुसार सुन खरिद गर्न सक्नेछन् ।

खरिद गरिएको सुन धितोका रूपमा राखिने र पूर्ण भुक्तानीपछि फिर्ता गरिने बताइएको छ । १० लाखसम्मको ऋण १० वर्षको भुक्तानी विकल्पसहित उपलब्ध हुनेछ । यो सेवा अहिले उपत्यकाभित्र न्युरोड, कोटेश्वरमा र उत्यकाबाहिर योगीकुटी, बुटवल, चिप्लेढुंगा, नेपालगन्ज र नारायणगढ शाखाबाट पाइनेछ । 

सुझावित समाचार