प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी)का अध्यक्ष तारिक रहमानलाई बधाई दिएकी छिन्।
१३औं संसदीय निर्वाचनमा बहुमत प्राप्त गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीले सामाजिक संजालमार्फत् रहमानलाई बधाइ दिएकी हुन्।
बिहीबार भएको निर्वाचनको नतिजाअनुसार २९९ सिटमध्ये बिएनपीले १६५ सिट जितेको छ। योसँगै बिएनपी अध्यक्ष रहमान प्रधानमन्त्री बन्ने सम्माभवना बलियो देखिएको छ ।
निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा बंगलादेश सरकार र बंगलादेशी जनतालाई पनि प्रधानमन्त्री कार्कीले बधाइ दिइकी छिन्। ‘बंगलादेश नेसनालिस्ट पार्टीलाई निर्वाचनमा गौरवपूर्ण जित दिलाउन नेतृत्व गर्नुभएकोमा म तारिक रहमानलाई हार्दिक बधाई ज्ञापन गर्दछु,’ कार्कीले फेसबुकमा लेखेकी छिन्।
नेपाल र बंगलादेशबिचको सम्बन्धलाई सुदृढ बनाउन र आपसी हितका क्षेत्रमा सहयोगलाई मजबुत बनाउने गरी काम गर्न आफू तत्पर रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ।