आचारसंहिता उल्लंघन : ३४ मध्ये २४ ले जवाफ बुझाए

शुक्रबार, २४ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ दल तथा उम्मेदवारले जवाफ बुझाएका छन्।

शुक्रबार साप्ताहिक पत्रकार सम्मेलनका क्रममा आयोगले सो जानकारी दिएको हो। निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगले ३४ जनालाई स्पष्टीकरण सोधेको थियो।

‘हामीले ३४ वटा राजनीतिक दल र उम्मेदवारहरूलाई स्पष्टीकरण सोधेकोमा २४ वटाबाट जवाफ पाइसकेका छौँ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।

आचारसंहिता र निर्वाचन कसुर तथा सजाय ऐनले कस्तो कसुरमा कस्तो सजाय गर्ने भन्ने प्रस्ट पारेकाले सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो। ‘केसअनुसार कानुनमा फरक–फरक व्यवस्था उल्लेख गरेका कारणले त्यसलाई फलो गरेर काम भइरहेको छ,’ उनले भने।

सुझावित समाचार