सिराहामा नेकपा एमालेका १२ नेता–कार्यकर्ताको सामूहिक राजीनामा

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका सिराहाका विभिन्न तहका नेता–कार्यकर्ताले पार्टीको साधारण सदस्य नरहने गरी सामूहिक राजीनामा दिएका छन्। सिराहाको गोलबजार नगरपालिकामा आज उनीहरूले पार्टीको सम्पूर्ण राजनीतिक आबद्धता अन्त्य भएको घोषणा गरेका छन्।

पार्टी नेतृत्वमा स्वेच्छाचारी व्यवहार र एकल निर्णय प्रक्रिया हाबी भएको आरोप लगाउँदै उनीहरूले सामूहिक राजीनामा दिएका छन् । जनताको नाममा राजनीति गर्ने भनिए पनि व्यवहारमा सीमित व्यक्तिको स्वार्थ हाबी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। पार्टी संगठनभित्रै रहेर सुधारको प्रयास गरे पनि नेतृत्वले गम्भीरतापूर्वक नलिएको भन्दै उनीहरूले इमानदार कार्यकर्तालाई पन्छाउने र आलोचनालाई दबाउने गरेको आरोप लगाएका छन्।

सामूहिक राजीनमा दिनेहरूमा प्रदेश कमिटी सदस्य पुष्पलाल पाख्रिन, पूर्वजिल्ला कमिटी सदस्य माधवबहादुर बुढाथोकी, बुद्धिजीवी तथा शिक्षक जनसंगठन प्रदेश सदस्य, भीमबहादुर थापा रहेका छन्। यस्तै, पूर्वजिल्ला कमिटी सदस्य धनराज यादव, तेजकुमार लामा, तुलसीप्रसाद उपाध्याय, प्रमोदकुमार लामा, पूर्ववडा कमिटी अध्यक्ष राजकरण साह, नगर कमिटी सचिवालय सदस्य रन्जितकुमार लामा र नगर सदस्य ताराबहादुर तामाङ, किरणकुमार स्याङ्वा र राजकुमार महतो रहेका छ्न् ।
 

सुझावित समाचार