निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम उम्मेदवार सूची सार्वजनिक गरेको छ।
आयोगले सार्वजनिक गरेको सूचीअनुसार ६३ राजनीतिक दलबाट कुल ५७ निर्वाचन चिह्न प्रयोग हुने गरी ३,१३५ उम्मेदवार दर्ता भएका छन्।
सूचीमा महिला उम्मेदवार १,७३२ र पुरुष उम्मेदवार १,३६३ रहेका जानकारी निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दिए।
