सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको हो।
‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरियो,’ बैठकपछि सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले भने।