राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन्। नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल चारदिने जापान भ्रमणमा गएका हुन्।
सोमबार उनलाई जापानको नरिता विमानस्थलमा विदेश मन्त्रालयको शिष्टाचार महाशाखाका प्रमुख मियासिता तादायाकुलगायतले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। पौडेल आइतबार राति नेपाल एयरलाइन्समार्फत जापान गएका हुन्।