नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले एकदिने तालिम सम्पन्न गरेको छ । कम्पनीले मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरी छनोट भएका बागमती र मधेश प्रदेशका विभिन्न शाखा कार्यालयमा आबद्ध रही कार्य गर्ने अभिकर्तालाई एकदिने तालिम प्रदान गरेको हो ।
कार्यक्रम कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलको सभापतित्वमा भएको थियो । छनोट भएका दुई सय ८० अभिकर्तालाई काजिम रजाले प्रशिक्षण प्रदान गरेका थिए । रजाले विभिन्न उदाहरण प्रस्तुत गर्दै एमडिआरटीको लक्ष्य हासिल गर्ने उपायबारे प्रशिक्षण दिएका थिए ।
कँडेलले कम्पनीमा आबद्ध अभिकर्तालाई व्यावसायिक बनाउने उद्देश्यसहित विभिन्न अभिकर्तामैत्री मासिक तथा वार्षिक योजना जारी गर्दै आइरहेको जानकारी दिए । यसै सन्दर्भमा अभिकर्तालाई उत्कृष्ट प्रशिक्षण दिने गरी प्रेरणा, प्रगति र पेसागत उत्कृष्टताको नाराका साथ मासिक योजना मन्थन जारी गरिएको बताए ।