बालेनलाई लक्षित गर्दै ओलीले भने– बतासे अन्डाबाट चल्ला निस्किँदैन

शनिबार, १८ माघ, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै बतासे अन्डाबाट चल्ला ननिस्कने बताएका छन्। शनिबार ओखलढुंगा– काठमाडौं सम्पर्क मञ्चद्वारा चाबहिलमा आयोजित प्रतिनिधिसभा निर्वाचनकेन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूलाई साँच्चैको अन्डा र बालेनलाई बतासे अन्डाको रूपमा चित्रण गरे।

उनले झापामा आफूसँग बालेन ठुटे सिङ लिएर सिंगौरी खेल्न पुगेको बताए। ओलीले आगामी निर्वाचनमा देश जलाउने र बनाउनेबिच प्रतिस्पर्धा हुने भन्दै उनले आफूले हार्न नहुने इंगित गरे। देशलाई समृद्ध र जनतालाई एमालेले मात्र सुखी बनाउने ओलीको भनाइ छ। 
 

सुझावित समाचार