रामेछापमा निर्वाचन प्रहरी ४३३ अपुग, तेस्रोपटक म्याद थप

शनिबार, ११ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि भर्ना खुलाइएको निर्वाचन प्रहरीमा चार सय ३३ जना अपुग भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले तेस्रो पटक म्याद थप आवेदन माग गरेको छ।  निर्वाचन प्रहरीमा भर्ना हुन चाहने व्यक्तिले माघ १० र ११ गते दुई दिनसम्म दरखास्त दिन पाउनेछन्।

निर्वाचनको लागि रामेछापमा एक हजार तीन सय ३३ जना दरबन्दीको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले पहिलो पटक पुस २५ देखी माघ १ गतेसम्मको लागि दरखास्त आव्हान गरेको थियो । माग बमोजिम दरखास्त नपरेपछि प्रहरीले पुनः दुई दिन म्याद थप गरेर दोश्रो पटक सूचना निकालेको थियो। सूचना सँगै प्रहरीले बजार एरियामा दरखास्त पेश गर्न माइकिङसमेत गरेको थियो।
 
दुईपटक म्याद थप गर्दा जम्मा नौ सय जनाले मात्रै आवेदन पेश गरेका थिए। आवेदन पेश गरेकाहरुको हकमा तालिम संचालन गर्दै आएको र नपुग अन्य प्रहरीको हकमा पुनः तेस्रो पटक सूचना प्रकाशन गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए। 

निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुने छ। निर्वाचन अवधिभर हुने चालिस दिनमा उनीहरुले ३४ हजार सात सय ७६ रुपैयाँ तलब सुविधा पाउनेछन्। त्यसबाहेक निर्वाचन प्रहरीलाई रासन र आतेजाते खर्च ८ सय ४६ रुपैयाँ थप तयारी खर्च समेत पाउनेछन् । त्यसैगरी उनीहरूले चार दिनको लागि दैनिक तीन सयको दरले खाजा खर्च र पोसाक बापतको छुट्टै रकम समेत प्रदान गरिने छ। 
 

सुझावित समाचार