ट्रम्प योजनाको विरोधमा ग्रिनल्यान्डमा अहिलेसम्मकै विशाल प्रदर्शन

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

 ग्रिनल्यान्ड र डेनमार्कका हजारौँ मानिसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड (स्वायत्त डेनिस क्षेत्र) कब्जा गर्ने योजनाको विरोधमा प्रदर्शन गरेका छन् । डेनमार्कको राजधानी कोपेनहेगनलगायत डेनिस सहरमा प्रदर्शन भएका छन्, साथै ग्रिनल्यान्डको राजधानी नुउकमा पनि प्रदर्शन गरिएको छ । अमेरिकी कांग्रेसको प्रतिनिधिमण्डलको कोपनहेगनको भ्रमण गरिरहेका वेला यस्ता प्रदर्शन भएका हुन् । ग्रिनल्यान्डमा भएको प्रदर्शन अहिलेसम्मकै ठुलो बताइएको छ । ग्रिनल्यान्डका नेता तथा डेमोक्रेटिक सिनेटर क्रिस कुन्सले ट्रम्पको बयानबाजीलाई ‘रचनात्मक नभएको’ बताए । 

ट्रम्पले ग्रिनल्यान्डलाई बलपूर्वक लिने कुरालाई अस्वीकार गरेका छैनन् । ग्रिनल्यान्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि महŒवपूर्ण रहेको उनी दाबी गर्छन् । र, अब उनले घोषणा गरेका छन् कि आफ्नो योजनाको विरोध गर्ने युरोपेली देशहरूमा शुल्क लगाउनेछन् । डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड र फिनल्यान्डका सामग्रीमा फेब्रुअरी १ ​​देखि १० प्रतिशत अमेरिकी शुल्क लाग्ने उनले शनिबार आफ्नो सामाजिक प्लाटफर्ममा लेखेका छन् । यी देशहरूले ‘धेरै खतरनाक खेल’ खेलेको आरोप लगाउँदै उनले भने कि १ जुनमा ‘ग्रिनल्यान्डको पूर्ण खरिदको सम्झौता नभएसम्म २५ प्रतिशत शुल्क बढाइने उनले चेतावनी दिए । 

ट्रम्पले पहिले नै भनेका छन् कि वासिङटनले यो क्षेत्र ‘सजिलो तरिकाले’ वा ‘कठिन तरिकाले’ प्राप्त गर्नेछ । शनिबार कोपनहेगनमा ‘ग्रिनल्यान्डबाट हात हटाउनुहोस्’ र ‘ग्रिनल्यान्डका लागि ग्रिनल्यान्डवासी’ लेखिएका प्लेकार्ड राखिएका थिए । ‘ग्रिनल्यान्ड बिक्रीका लागि छैन र हामी अमेरिकी हुन चाहँदैनौँ वा संयुक्त राज्य अमेरिकाले कब्जा गर्नेछैन भनेर देखाउनु धेरै महत्वपूर्ण छ,’ ग्रिनल्यान्डका राजनीतिज्ञ एरिक जेन्सेनले रोयटर्सलाई भने । शनिबारको विरोध प्रदर्शन ग्रिनल्यान्ड र डेनिस गैरसरकारी संस्थाद्वारा आयोजना गरिएको हो । ‘हामी डेनिस क्षेत्र र ग्रिनल्यान्डको आत्मनिर्णयको अधिकारका लागि सम्मानको माग गर्छौँ,’ ग्रिनल्यान्ड संघहरूको छाता समूह इनुइटकी प्रमुख क्यामिला सिजिङले भनिन् ।

नुउकमा ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ र ‘हामी हाम्रो भविष्यलाई आकार दिन्छौँ’ लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारीसँग सामेल भए । प्रदर्शनकारी अमेरिकी वाणिज्य दूतावास अगाडि पुगेर विरोध गरेका थिए । मत सर्वेक्षणले ८५ प्रतिशत ग्रिनल्यान्डवासीले यो क्षेत्र अमेरिकामा सामेल हुने विरोध गर्ने देखाएको छ । अमेरिकामा धेरैले ग्रिनल्यान्ड प्राप्त गर्नेबारेमा शंका व्यक्त गरेका छन् । डेनमार्क भ्रमण गर्ने अधिकांश कंग्रेसनल प्रतिनिधिमण्डल डेमोक्र्याट हुन्, तर ११ सदस्यीय टोलीमा मध्यमवर्गीय रिपब्लिकनहरू पनि छन् । 

सुझावित समाचार