ताप्लेजुङमा नेकपा(एमाले)ले क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ। पार्टीका उपमहासचिव रहेका योगेश भट्टराई ताप्लेजुङमा उम्मेदवारका मुख्य दाबेदार थिए।
भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै आएका छन्। शनिबारको पार्टीको सचिवालय बैठकमा ताप्लेजुङको उम्मेदवार बनाउने विषयमा ओलीलाई अधिकार दिइएको थियो।
यसअघि कांग्रेस र माओवादीको गठबन्धन हुँदा पनि त्यहाँ भट्टराईले चुनाव जितेका थिए।