देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट हुन्छ : स्वर्णिम वाग्ले

बिहिबार, २ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट हुने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा बालेन्द्र साहसँगको फोटो सेयर गर्दै लेखेका छन्, ‘माघ ५ गते सभापति रवि लामिछानेसहित हामी जनकपुर आउँदै छौँ। देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेशबाट, निकास फागुन २१ को निर्वाचनबाट।’

उनले आर्थिक सुधारको शृंखला, वृद्धि, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको ‘डेलिभरी मोडल’लगायत विषयमा रास्वपा नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहसँग चरणबद्ध छलफल जारी रहेको उल्लेख गरे । 

सुझावित समाचार