एन्फा निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई यही २८ माघमा झापामा गर्ने भनिएको चुनावी साधारणसभाका सबै प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

सोमबार उच्च अदालतका न्यायाधीश कृपासुर कार्कीको एकल एजलासले आगामी ६ माघमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ । सो मितिसम्म निर्वाचनका सबै प्रक्रिया स्थगनमा राख्न आदेश दिएको छ ।

यता, पंकजविक्रम नेम्वाङ नेतृत्वको एन्फाले भने राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनलाई लत्याउँदै निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो । राखेपले एन्फा विधानका ११ बुँदा संशाेधन गरेर मात्रै निर्वाचन गर्न आदेश दिएको थियो । 

एन्फाले जिल्ला र प्रदेशको निर्वाचनविनै ‘अर्ली इलेक्सन’ गर्न खोजेपछि गोरखा जिल्ला फुटबल संघका सदस्य अमित खत्री अदालत पुगेका थिए । 

आगामी ४ असारमा नेम्वाङ नेतृत्वको एन्फाको कार्यकाल पूरा हुँदै छ ।

सुझावित समाचार