नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेतृत्वको दम्भका कारण विशेष महाधिवेशन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्।
भृकुटीमण्डपमा विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता पौडेलले विधानअनुसार विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएको तीन महिनाभित्र नियमित महाधिवेशन गरेको भए विशेष महाधिवेशन निष्क्रिय हुने बताए।
‘विशेष महाधिवेशन दर्ता भइरहेको स्थितिमा नियमित महाधिवेशन गराउन नेतृत्वले ध्यान दिएन। विशेष महाधिवेशन आफैँ निष्क्रिय हुन्छ भन्ने दम्भ पालेर बसेको कारण आज हामी यहाँ विशेष महाधिवेशन गरिरहेका छौँ,’ उनले भने।
विधानले नै विशेष महाधिवशेनलाई निर्देशित गरेको बताउँदै पौडेलले भने, ‘विधानलाई केन्द्रीय समितिले, कार्यसम्पादन समितिले निर्देशित गर्न सक्दैन।’