सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । शुक्रबार ओलीनिवास पुगेका खरेलले निर्वाचनमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा छलफल गरेका हुन् ।
यसअघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेका छन् भने आजै नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने जनाइएको छ । मन्त्री खरेलको सचिवालयका अनुसार सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रूपमा छलफल सुरु गरेको छ ।