रमेश लेखक जाँचबुझ आयोगको बयानमा जाने, ओली पनि लचक हुँदै

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

जेन–जी घटनामा भएको क्षतिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयानका लागि पूर्वगृहमन्त्री रमेश लेखक जाने भएका छन्। पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफू पुस १४ गते सोमबार बयानमा जाने निर्णय गरेको बताए। 

‘जाँचबुझ आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु, आयोगमा जान्छु,’ उनले भने, ‘उहाँहरूले भोलिका लागि बोलाउनुभएको रहेछ, म १४ गते सोमबार जान्छु ।’ २३ भदौको आन्दोलनमा दमन हुँदा लेखक गृहमन्त्री थिए। सोही घटनाको नैतिक जिम्मेवारी लिँदै उनले सोही दिन राजीनामा दिएका थिए।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पनि बयानमा बोलाउने तयारी गरेको छ। तर, ओलीले बयानमा नजाने चुनौती दिँदै आएका छन्। यद्यपि, पछिल्लो समय घरमै बयान लिनेबारे उनी लचिलो भएको स्रोत बताउँछ । 

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले हालसम्म १५० भन्दा धेरैको बयान तथा कागज गरिसकेको छ । 

सुझावित समाचार