राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)सँगको वार्ता सकारात्मक प्रतिक्रिया दिएका छन् ।
वार्ताबाट हँसिलो मुद्रामा निस्किएका रविले वार्ता सकारात्मक भएको संकेत गरेका हुन्। सञ्चारकर्मीहरूले गरेको प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिए– मेरो अनुहारले के भन्छ ?
ललितपुरको ज्वागलस्थित बालेन समूहका सहयोगी कुमार बेनको घरमा उनीहरूले वैकल्पिक शक्ति निर्माणको विषयमा छलफल गरेका हुन्।