कपाल उमार्ने भ्रम र यथार्थ

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण

कपाल झर्नु आफैँमा रोग होइन । यद्यपि, यसले व्यक्तित्वमा असर पुर्यारहेको हुन्छ । कपाल झर्नु उनीहरूका लागि टाउको दुखाइ बनिरहेको नै हुन्छ । दिनमा सयवटा जति कपाल झर्नुलाई सामान्य नै मानिन्छ । तर, योभन्दा बढी कपाल एकैचोटि झरेमा भने त्यसलाई समस्याको रूपमा बुझ्नुपर्छ । हर्मोनल चेन्ज, अटोइम्युन डिसअर्डर वा शरीरमा पोषकतत्वको कमीलाई मुख्य कारण मानिन्छ । वंशानुगत कारणले पनि चाँडै कपाल झर्छ । त्यस्तै, थाइराइड, पोलिसिस्टिक ओभरी सिन्ड्रोम, प्युबर्टीलगायत समस्याका कारण पनि कपाल चाँडै झर्न सक्छ । यदि थाइराइड हर्मोनको असन्तुलनका कारण कपाल झरिरहेको हुन्छ भने यसलाई सन्तुलनमा ल्याउने कोसिस गर्न सकिन्छ । यस्तो अवस्थामा कपाल फेरि बढ्न सक्छ । कोर्टिकोस्टेराइड्स इन्जेक्सन, मलम र औषधिका माध्यमबाट पनि कपाल झर्ने समस्या ठिक गर्न सकिन्छ । 

कपाल झर्नबाट रोक्नका लागि सबैभन्दा पहिले जीवनशैली व्यवस्थित हुनुपर्छ । भिटामिन, मिनरल्स र प्रोटिनको मात्रा मिलेको सन्तुलित भोजन लिनुपर्छ । फलफूल, हरियो सागसब्जी, गेडागुडी, बदामलगायतमा प्रचुर मात्रामा पोषक तत्व हुन्छ । सन्तुलित भोजनले कपाल स्वस्थ राख्छ र झर्नबाट रोक्न महत्वपूर्ण हुन्छ । 

पुरुषमा कपाल झर्नुको मुख्य कारण वंशाणुगत गुण हो । तर सबैमा वंशागुगत कारण नै हुन्छ भन्ने होइन । पुरुषको तालुमा हुने एउटा इन्जाइमले टेस्टोस्टेरोन हर्माेनलाई डिएचटीमा परिवर्तन गरिदिन्छ । त्यस कारणले कपाल झर्न सुरु हुन्छ । टेस्टोस्टेरोन हर्माेन तीव्र गतिमा बढ्न थालेपछि कालो र बाक्लो कपाल बिस्तारै झर्न सुरु गर्छ । दैनिक काम वा अन्य विभिन्न कारण अत्यधिक तनाव भएमा शरीरमा आउने हर्माेनमा गडबडी आउँछ । यसले गर्दा प्रतिक्रियास्वरूप कपाल झर्न थाल्छ । 

धूम्रपान गर्दा पाइने निकोटिनका कारण रक्तनली खुम्चिन्छ । जसका कारण शरीरमा अक्सिजनको मात्रा कम भई कपाल झर्छ  । त्यस्तै, मद्यपान गर्ने अधिकांश पुरुषमा टक्सिनको मात्रा बढ्ने, आइरन र जिंक कम हुने हुन्छ । त्यसैले कपाल झर्छ । अधिकांश पुरुषले फरक स्टाइल दिने नाममा कपाल रंग्याउने गर्छन् । यसरी प्रयोग गरिने विभिन्न रसायनयुक्त वस्तुका कारण कपाल टुक्रिएर झर्ने गर्छ । अत्यधिक मात्रामा कपाल हाइलाइट र कलरिङ गरिरहेका हुन्छन् । जसका कारण कपालमा समस्या उत्पन्न हुन्छ । झर्न सुरु गर्छ । अस्वस्थ खानेकुरा खाँदा कपाल स्वस्थ रहन आवश्यक आइरन, जिंक, क्याल्सियम आदिको कमी हुन्छ र कपाल झर्ने हुन्छ । 

वंशाणुगत गुण, बढ्दो उमेर, हर्माेनजस्ता कारणले कपाल झरेको भए यसलाई रोक्न गाह्रै हुन्छ । तर, अस्वस्थ खानपान, धूम्रपान, मद्यपान, तनाव, रसायनयुक्त पदार्थको प्रयोग आदि कुराले कपाल झरिरहेको भए यसलाई रोक्न सकिन्छ । स्वस्थ खानेकुरा खाने, धूम्रपान र मद्यपान नगर्ने, तनाव व्यवस्थापन गर्ने र रसायनयुक्त पदार्थको प्रयोग सकभर नगर्दा कपाल झर्न कम हुन्छ । कम उमेरमा कपाल झर्ने समस्याबाट बच्नका लागि स्वस्थ आहार लिनुपर्छ । तनाव लिनुहुँदैन र आराम गर्नुपर्छ ।

नियमित रूपमा टाउकोमा तेलले समाज गर्दा राम्रो हुन्छ । जसले टाउमा रक्तसञ्चार बढाउँछ र कपाललाई स्वस्थ राख्न मद्दत गर्छ । तोरीको तेल, नरिवलको तेल, आल्मोन्डको तेल वा ओलिभ तेलले मसाज गर्न सकिन्छ । स्याम्पु प्रयोग गर्नुभन्दा केही समयअघि मसाज गर्नु राम्रो हुन्छ । कपाललाई कलर वा ट्रिटमेन्ट गर्नुहुँदैन, किनकि फरक–फरक केमिकलले कपाललाई धेरै हानि पुर्याउँछ । बजारमा विभिन्न थरीका तेल हुन्छन् । कपाल झर्नबाट रोक्छ भन्दै बिक्री गरिरहेका हुन्छन् । यस्ता प्रोडक्टबाट जोगिनुपर्छ । 

केमिकलयुक्त प्रडक्ट प्रयोग गर्नुहुँदैन । बजारमा कपाल सफ्ट बनाउने, कलर गर्ने वा स्ट्रेट गर्ने विभिन्न केमिकल हुन्छन् । तर, यस्ता केमिकलले केही समयपछि कपाललाई असर गर्छ । कपाल बिग्रने, सुक्खा हुने वा झर्ने समस्या देखिन्छ । आफ्नो कपाललाई सुहाउँदो स्याम्पु वा कन्डिस्नर प्रयोग गर्न सकिन्छ  । तर, कपाल राम्रो बनाउने नाममा अत्यधिक हिट दिने वा ड्राई गर्ने काम गर्नुचाहिँ हुँदैन । 

खतिवडा नेपाल स्किन हस्पिटलमा कार्यरत छालारोग विशेषज्ञ हुन् ।

See More On

सुझावित समाचार