काठमाडौंका तत्कालीन सिडिओ र एसएसपीको चार दिनदेखि बयान

आइतबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनको समयमा काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव छवि रिजाल तथा काठमाडौंका प्रहरी प्रमुख रहेका विश्व अधिकारीसँग जाँचबुझ आयोगले चार दिनदेखि बयान लिएको छ। उनीहरूको बयान अझै सकिएको छैन। 

गौरीबहादुर नेतृत्वको जाँचबुझ आयोगले गत बुधबारदेखि उनीहरूको बयान लिन थालेको हो। आयोगका एक अधिकारीका अनुसार आइतबार पनि बयान लिइएको थियो। २३ भदौको जेन–जी आन्दोलनकारीमाथि बल प्रयोगमा मुख्य भूमिका भएकाले उनीहरूको बयान लामो भएको हो । सोमबार उनीहरूको बयान सकेर त्यसपछि तत्कालीन एआइजी र आइजिपीसँग बयान लिने आयोगको तयारी छ । काठमाडौं परिसरका तत्कालीन एसएसपी अधिकारीलाई सरकारले डिआइजीमा बढुवा गरिसकेको छ ।

आयोगको कार्यकाल अब करिब दुई हप्ता मात्र बाँकी रहेकाले तीव्र गतिमा काम भइरहेको एक अधिकारीले बताए। आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई अझै बयानमा बोलाएको छैन । प्रहरी प्रमुख र तत्कालीन गृहसचिवको बयान सकेपछि उनीहरूलाई बोलाउने आयोगको तयारी छ। 

सुझावित समाचार