नेप्से परिसूचक ५० अंकले बढ्यो

सोमबार, ८ मंसिर, २०८२
डिजिटल संस्करण

सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको छ ।

त्यस्तै, कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज सात अर्ब तीन करोडको भयो । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो ।

२१५ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् ।

सुझावित समाचार