पर्सामा एक युवक मृत फेला

शुक्रबार, १७ असोज, २०८२
डिजिटल संस्करण

पर्साको छिपहरमाई गाउँपालिका– ३, जयमंगलापुरस्थित सडकखण्डको पुलमुनि एक युवक मृत अवस्थामा फेला परेका छन्। भारतीय नम्बर प्लेटको होन्डा साइन मोटरसाइकलसहित शुक्रबार बिहान झलमहियानिवासी २८ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन् ।

पुलमुनि खसेको अवस्थामा बिआर २२ एएल १२७३ नम्बरको मोटरसाइकलसँगै मृत भेटिएका कानुको सडक दुर्घटना भएकोजस्तो अहिलेसम्म देखिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए । 

घटनास्थल र शवको प्रकृति हेर्दा मोटरसाइकलसहित पुलमुनि खसेर युवकको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाइ छ ।बिहानदेखि नै घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पाठकले बताए ।

See More On

सुझावित समाचार