नेपालको घटनाबारे भारतको चासो, संयम अपनाउन र संवादमार्फत समाधान खोज्न सुझाव

मंगलबार, २४ भदौ, २०८२
डिजिटल संस्करण

साेमबार १९ जना युवाहरूमाथिको नरसंहार हुने गरी भएको घटनाक्रमबारे  भारतले चासो व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संयम अपनाउन र शान्तिपूर्ण तरिकाले संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

‘भारत नेपालको नजिकको मित्र र छिमेकीका रूपमा, सबै पक्षले संयम अपनाई समस्याहरूलाई शान्तिपूर्ण तरिकाले र संवादमार्फत समाधान गर्नुपर्ने विश्वास गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। युवाहरूको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भारतले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गरेको छ । 

काठमाडौंसहित नेपालका विभिन्न सहरहरूमा जारी गरिएको निषेधाज्ञाबारे पनि जानकारी लिएको उल्लेख गर्दै भारतले नेपालमा रहेका भारतीय नागरिकलाई सतर्क रहन र नेपाली अधिकारीहरूले जारी गरेका नियम तथा निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ।
 

See More On

सुझावित समाचार