बागमतीमा पाँच मन्त्री नियुक्तिको तयारी, आजै शपथको सम्भावना

शुक्रबार, ३१ साउन, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको भागमा बाँकी रहेका पाँच मन्त्री नियुक्त गर्न सक्ने सम्भावना बढेको छ ।

हाल बागमती सरकारमा मुख्यमन्त्री बानियाँसहित कांग्रेसका तीन र एमालेका ६ जना मन्त्री रहेका छन् । कांग्रेस–एमालेबिचको राजनीतिक सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित आठ र एमालेले ६ मन्त्रालयको नेतृत्व गर्ने भागबन्डा तय भएको थियो । एमालेको तर्फबाट ६ जना मन्त्री बनिसकेको भए पनि कांग्रेसको भागमा रहेको पाँच मन्त्रालय अझै रिक्त छन् ।

स्रोतका अनुसार बानियाँले कञ्चनकृष्ण वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । यी सबैलाई आज शुक्रबार नै हेटौँडा बोलाइएको बताइएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार मन्त्रिपरिषद् विस्तारबारे औपचारिक नाम भने अझै प्राप्त नभए पनि आजै नियुक्ति र शपथग्रहण समारोह हुने सम्भावना रहेको छ ।

सुझावित समाचार