एक वर्षमा सवा दुई लाखभन्दा बढीले दर्शन गरे पाथीभरा

बुधबार, ३२ असार, २०८२
डिजिटल संस्करण

ताप्लेजुङका प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षमा दुई लाख १७ हजार ७७६ जना दर्शनका लागि पुगेका छन्। पाथीभरा क्षेत्रमा भएको आन्दोलनका बाबजुद ०८१/८२ मा उक्त संख्यामा दर्शनार्थी आएका हुन्। 

आर्थिक वर्षको सुुरु अर्थात् १ साउन ०८१ मा एक हजार ९५५, भदौमा नौ हजार ९३९, असोजमा पाँच हजार ९४९, कात्तिकमा ६१ हजार १७३ जना, मंसिरमा २१ हजार १८० जना, पुसमा ६ हजार ४२७ जना, माघमा चार हजार २४९ जनाले पाथीभराको दर्शन गरेको निर्देशक हाङबाङले बताए । त्यस्तै, फागुनमा सात हजार ४२८ जना, चैत्रमा ४० हजार ४३५ जना, २०८२ वैशाखमा ३८ हजार १७० जना, जेठमा १६ हजार २१० जना र असारमा चार हजार ७६१ जना पाथीभरा पुगेको उनको भनाइ छ । 

पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष ०८१/८२ मा तीन करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ संकलन भएको जनाएको छ। उता, पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा दुई लाख ३१ हजार ३३४ जनाले दर्शन गरेको बताए। सो अघिल्लो आर्थिक वर्षमा तीन करोड ९८ लाख ४१ हजार ९५८ रुपैयाँ भेटी संकलन भएको निर्देशक हाङबाङले बताए। 
 

सुझावित समाचार