इन्टर मियामीको कमजोर डिफेन्स

बुधबार, ११ असार, २०८२
डिजिटल संस्करण

लियोनल मेसी आबद्ध इन्टर मियामी दुई गोलको अग्रता रक्षा गर्न नसक्दा क्लब फिफा विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलियन टोली पाल्मिरससँग २–२ को बराबरीमा रोकिएको छ ।

मियामीले अन्तिम समयमा रक्षात्मक खेल खेल्यो । पाल्मिरसले मियामीको रक्षात्मक रणनीतिको फाइदा लिँदै बराबरी गोल फर्कायो । पाल्मिरसले खेलको ८०औँ र ८७औँ मिनेटमा गोल गरी इन्टर मियामीलाई बराबरीमा रोकेको हो ।

बराबरीसँगै समूह ‘ए’मा तीन खेलबाट ५ अंक जोड्दै इन्टर मियामी र पाल्मिरस प्रिक्वार्टरफाइनलमा पुगेका छन् । गोलअन्तरका आधारमा पाल्मिरस समूह विजेता बन्यो । इन्टर मियामीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)को सामना गर्नेछ । पाल्मिरस ब्राजिलकै बोटाफोगोसँग भिड्नेछ । 

See More On

सुझावित समाचार