इजरायल–इरान युद्ध नवौँ दिनमा : अमेरिकालाई संलग्न नहुन तेहरानको चेतावनी

आइतबार, ८ असार, २०८२
डिजिटल संस्करण

 इरान–इजरायल युद्ध शनिबार नवौँ दिन पनि जारी छ । युद्धका क्रममा दुवै पक्षले एक–अर्का देशमा शक्तिशाली मिसाइल प्रहर गरेका छन् । इजरायलले इरानका आणविक सैन्य आधारलाई निसाना बनाएको छ भने तेहरानले पनि इजरायलका रणनीतिका महŒवका स्थल र भवनमा हमला गरेको छ । दक्षिण–पश्चिम इरानमा विस्फोटका ठुला आवाज सुनिएका छन् ।

इरानका विदेशमन्त्री आवास अराघचीले इजरायल–इरान द्वन्द्वमा अमेरिकाको संलग्नता ‘खतरनाक’ हुने चेतावनी दिएका छन् । दुई देशबिचको युद्ध थप चर्किरहकै वेला विदेशमन्त्रीको चेतावनी आएको हो ।

इरानको प्रहरीले इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जनालाई पक्राउ गरेकोे छ । पक्राउ पर्नेहरू जियोनिस्ट शासनको जासुसी नेटवर्कसँग सम्बन्धित छन् र उनीहरूमाथि विभिन्न अपराधमा संलग्न रहेको आरोप लगाइएको छ । यसअघि तेहरानको प्रहरीले इजरायलका लागि जासुसी गरेको आरोपमा २४ जना व्यक्तिलाई पक्राउ गरेको थियो ।

सामान्यतया, इरानले पछिल्लो समयमा जासुसी गतिविधिमा संलग्न रहेको अभियोगमा धेरैलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये केहीलाई मृत्युदण्ड दिइएको छ । नर्वेस्थित गैरसरकारी संस्था ‘इरान ह्युमन राइट्स’ले राष्ट्रव्यापी रूपमा कम्तीमा २२३ जनालाई जासुसी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ । 

युद्ध तत्काल अन्त्य नहुने संकेत
टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इरान र इजरायलबिचको बढ्दो द्वन्द्व चाँडै अन्त्य नहुने बिन्दुमा पुगेको बताएका छन् । इरान र इजरायलबिच नौ दिनदेखि युद्ध जारी छ । इजरायलले इस्लामिक गणतन्त्र इरान आणविक हतियार प्राप्त गर्ने सँघारमा रहेको भन्दै आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि व्यापक आक्रमण सुरु गरेको थियो ।  ‘दुर्भाग्यवश, गाजामा भएको नरसंहार र इरानसँगको द्वन्द्व चाँडै नै नफर्कने विन्दुमा पुगेको छ । 

कूटनीतिक समाधानका लागि पहल गरिँदै
इजरायल–इरान अन्त्यका लागि युरोपेली शक्तिले जेनेभामा इरानसँग वार्ता सुरु गरेका छन् । इरानसँगको वार्तामा युरोपेली मुलुकका नेताले कूटनीतिक समाधानका लागि अवसरको ढोकाबारे छलफल गरेका हुन् ।

इजरायलले शंकास्पद इरानी आणविक अनुसन्धान केन्द्रलगायत लक्ष्यमा रातभर दर्जनौँ आक्रमण गरेपछि इरानले इजरायलविरुद्ध क्षेप्यास्त्र प्रहार गरेको थियो । इरानका विदेशमन्त्री आबास अराघचीसँग जेनेभामा भएको वार्तामा युरोपका उच्च कूटनीतिज्ञले युद्धको ‘कूटनीतिक समाधान’ हुनुपर्ने बताए । वार्ताअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले वार्तामा फर्कन ‘प्राथमिकता दिनु आवश्यक’ भएको र युरोपेली शक्तिराष्ट्रले इरानलाई ‘कूटनीतिक समाधान’ दिने बताएका थिए । बेलायत, फ्रान्स र जर्मनीका विदेशमन्त्री तथा युरोपेली संघका उच्च कूटनीतिज्ञले तनाव कम गर्न आग्रह गरेका छन् भने बेलायती विदेशमन्त्री डेभिड ल्यामीले कूटनीतिक समाधान खोज्न आगामी केही दिन पहल गरिने बताएका छन् ।

सुझावित समाचार