रास्वपा कार्यवाहक अध्यक्ष अर्याल र राप्रपा अध्यक्ष लिङ्देनसँग सभामुखको अलग-अलग छलफल

आइतबार, १ असार, २०८२
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डिपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग–अलग छलफल गरेका छन् । 

रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै  सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरु गर्नैपर्ने बाध्यता रहेकाले अवरोधको स्वरूप बदल्न आग्रह गरेका छन् । सभामुखले सदनलाई मर्यादित बनाउनसमेत ध्यानाकर्षण गराए ।

रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसद्लाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका छन्। गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिविधि भएकोबारे बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

यसैगरी, सभामुख घिमिरेले राप्रपा अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसद्को अवरोध हटाउन आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनसँग टेलिफोनमा कुराकानी गर्दै सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन नियमित गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरे ।

See More On

सुझावित समाचार