युक्रेनी आक्रमणपछि रुसद्वारा जापोरिजियामा बिजुली कटौती

मंगलबार, २१ जेठ, २०८२
डिजिटल संस्करण

जापोरिजिया क्षेत्रको उत्तरपश्चिमी भागका विद्युत् स्टेसनहरूमा लक्षित गरी युक्रेनले आक्रमण गरेपछि रुसी अधिकारीहरूले मंगलबार यस क्षेत्रमा बिजुली कटौतीको घोषणा गरेका छन् । 

जापोरिजिया क्षेत्रका गभर्नर येवगेनी बालिट्स्कीले टेलिग्राममार्फत युक्रेनले गरेको आक्रमणले यस क्षेत्रको उच्च भोल्टेज स्टेसन क्षतिग्रस्त भएकाले विद्युत् कटौती गरिएको जनाएका छन् ।  उनले ऊर्जा मन्त्रालयलाई छिट्टै मर्मत गरी विद्युत् प्रवाह सुरु गर्न निर्देशन दिएका छन् ।   

दुई दिनअघि युक्रेनले रुसी हवाई अड्डाहरूमा ड्रोन आक्रमण गरेको घोषणा गरेको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आधार शिविरमा गरिएको आक्रमणमा ११७ वटा ड्रोन प्रयोग गरिएको बताएका छन्।  

रुसी रक्षा मन्त्रालयले रुसी आर्कटिक र पूर्वी साइबेरियामा अवस्थित मरमेन्स्क र इर्कुत्स्क क्षेत्रमा ड्रोन प्रक्षेपण गरेपछि धेरै विमानहरूमा आगलागी भएको पुष्टि गरेको छ । मन्त्रालयले रुसको पूर्वमा चिनियाँ सीमानजिकैको इभानोभो, रियाजान र अमुर क्षेत्रका अन्य विमानस्थललाई लक्षित गरी आक्रमण गरिएको उल्लेख गरेको छ ।  रासस/क्युएनए

सुझावित समाचार