इतिहासमा आज

आइतबार, १९ जेठ, २०८२
डिजिटल संस्करण

सन् २०१७ : तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा गरे ।

सन् १२१५ : झन्डै दश लाख जनसंख्या रहेको तत्कालीन पेकिङ (हाल बेइजिङ) सहरलाई जंगेज खानको मंगोल फौजले एक महिनासम्म कब्जामा लिएर लुटपाट मच्चाए ।

सन् १६४९ : रुसी जार (राजा) एलेक्सिसले मस्कोमा रहेका इंग्ल्यान्डका व्यापारीलाई सहर छाडेर जान निर्देशन दिए ।

सन् १७९६ : बेलायतको अन्तिम फौजले अमेरिकी उपनिवेश छाड्यो ।

सन् १९३५ : बेलायतबाट सावरीसाधनमा अनिवार्य लाइसेन्स प्लेट राख्नुपर्ने र चालकले सवारी परीक्षणमा सहभागी हुनुपर्ने व्यवस्था सुरु ।

सन् १९६२ : दोस्रो विश्वयुद्धमा यहुदी नरसंहारको आरोपमा पूर्वनाजी अधिकारी एडोल्फ एचम्यानलाई नवगठित यहुदी बहुल मुलुक इजरायलले मृत्यदण्ड दियो । 

सन् १९६४ : केन्या गणतन्त्र घोषणा भयो र देशलाई स्वतन्त्र बनाउन नेतृत्व गरेका जोमो केन्याटा पहिलो राष्ट्रपति चुनिए ।

सन् १९७४ : अरब देशका तेल मन्त्रीहरूले अमेरिकालाई लगाइरहेको तेल निर्यात प्रतिबन्ध फुकुवा गरे । एक वर्षअघि इजरायल र छिमेकी अरब मुलुकबिच भएको युद्धमा इजरायललाई सघाउने पश्चिमी मुलुकलाई तेल निर्यात प्रतिबन्ध लगाइएको थियो ।

सन् १९९८ : युरोपेली संघको मौद्रिक नीति बनाउने र कार्यान्यवन गर्ने जिम्मेवारीसहित ब्रसेल्समा युरोपेली केन्द्रीय बैंकको गठन भयो ।

सन् २०२२ : टर्कीले संयुक्त राष्ट्रसंघमा उसको औपचारिक नाम टर्किएमा बदल्यो ।

सुझावित समाचार