राजविराज– हनुमाननगर–भारदह सडकखण्डको काममा ढिलासुस्ती गरेको भन्दै राजविराजका स्थानीयले गरे चक्काजाम गरेर विरोध जनाएका छन्। राजविराज–हनुमाननगर सडकखण्डमा आन्दोलन गर्दै उनीहरूले शनिबार बिहानैदेखि आवतजावत अवरुद्ध गरेका हुन्। मोटरसाइकल र एम्बुलेन्सबाहेकका सबै सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
निर्माण पक्षलाई पटक-पटक आग्रह गर्दा पनि अटेर गरेका लामो समयदेखि अलपत्र पारेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको स्थानीय वसन्त यादवले बताए। सडक नुहुँदा आवतजावतमा अत्यधिक समस्या भइरहेकोले यथाशीघ्र सडकको काम गर्न उनीहरूको माग रहेको छ।
पटक-पटक सरोकारवाला निकायलाई गुहार गरे पनि ठेकेदारले कुनै वास्ता नगरेको स्थानीय मेहबुब आलम खानले बताए। सडक निर्माण नहुँदा सधैँ दुर्घटना हुने खतरा रहेको उनले बताए।