सार्वजनिक यातायात चुस्त बनाउन मन्त्री दाहालको जोड

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातलाई चुस्त र वातावरणमैत्री बनाउन जरुरी रहेको बताएका छन् । 

बुधबार एसियाली विकास वैंक र मन्त्रालयको आयोजनामा काठमाडौंमा भएको उच्च गुणस्तरको सहरी सार्वजनिक यातायातका बारेमा भएको कार्यक्रममा उनले यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी रहेको पनि बताए ।

नेपालको सार्वजनिक यातायातका क्षेत्रमा निजी क्षेत्रको उल्लेखनीय योगदान र भूमिका रहेको भन्दै उनले सार्वजनिक–निजी साझेदारी (पिपिपी)मार्फत अझ स्तरीय र पहुँचयोग्य बनाउन सकिनेसमेत बताए । यातायात क्षेत्रका साथै पूर्वाधार विकासमा समेत निजी क्षेत्रको सहभागिता स्वागतयोग्य रहने उनको भनाइ छ । 

यातायात क्षेत्रका सम्बन्धमा संघीय सरकारले नीतिगत व्यवस्था र समन्वयको कार्य गर्ने एवं व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहने मन्त्री दाहालले उल्लेख गरे । 

सुझावित समाचार