२ पुसदेखि एनसेलको थ्री–जी सेवा बन्द हुने, फोर–जी सिम लिन आग्रह

आइतबार, ६ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । आगामी २ पुसदेखि एनसेलले थ्री–जी सेवा बन्द गर्ने भएको छ। नयाँ तथा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यसहित थ्री–जी सेवा पूर्ण रूपमा बन्द गर्न लागेको एनसेलले जनाएको छ।

थ्री–जी सिम प्रयोग गरिरहेका ग्राहकलाई फोर–जी सिम लिन कम्पनीले आग्रह गरेको छ। फोर–जी सेवामार्फत अझ उत्कृष्ट कनेक्टिभिटीका साथै उच्च गुणस्तरको सेवा लिन आग्रह गर्दै एनसेलले भनेको छ, ‘नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्री केन्द्रमा गई निःशुल्क फोर–जी सिम लिनुहोस्।’

सुझावित समाचार