अभिनेत्री अन्जना बराइली अभिनीत म्युजिक भिडियो सार्वजनिक

बुधबार, २३ माघ, २०८१
डिजिटल संस्करण

चलचित्रमा अत्यन्तै व्यस्त नायिका अन्जना बराइली अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ।  गीतकार सुरेन्द्र दियालीको शब्द ‘मेटु भन्छु केरकार पारी’ नामक म्युजिक भिडियोमा अन्जनाले अभिनय गरेकी छिन्। अभिनयमा उनलाई साथ दिएका छन् गीतकार सुरेन्द्रले। 

प्रसाद र पुजार सार्कीजस्ता चलचित्रमा संगीत दिइसकेका संगीतकार सुवास भुसालले कम्पोज गरेको गीतलाई स्वर दिएका छन् साइराज खातीले। गायक खाती मेरो भ्वाइस युनिभर्सका फोर्थ रनरअप हुन्। 

बेरोजगारका कारण आर्थिक संकट झेल्न बाध्य युवाहरूको प्रेम र सम्बन्धलाई दृश्य भाषामार्फत देखाउन खोजेका छन् भिडियो निर्देशक गणेश शाहीले। गीतको एरेन्ज मिक्सिङ र मास्टरिङ विश्व अधिकारीले गरेका हुन् । 

यसैगरी गीतकाे छायांकन विशाल थापाको रहेको छ। गीतलाई भाका इन्टरटेनमेन्ट युट्युब च्यानलले बजारमा ल्याएको हो।

हेर्नुहोस् म्युजिक भिडियो

सुझावित समाचार